१९ श्रावण २०८३, मंगलबार | Wed Aug 5 2026

प्रतिनिधिसभाको बैठक बस्दै



काठमाडौं ।

संघीय संसद अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजसम्बन्धी पत्र पढेर सुनाउनेछन्।
गत सोमबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन्। उक्त खारेजसम्बन्धी पत्रको व्यहोरा आजको संसद बैठकमा सभामुखले पढेर सुनाउने संसद सचिवालयले जनाएको छ।
यस्तै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट महालेखा परीक्षकको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। बैठक दिउँसो एक बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने सचिवालयले जनाएको छ।

प्रकाशित मिति : १४ आश्विन २०७८ बिहिबार ००:००  ९ : २३ बजे