८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

विष्णु भट्टराईको अध्यक्षतामा ७१ सदस्यिय पिपुल भोलेन्टियर्स घोषणा



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुमा पिपुल भोलेन्टियर्सले पूर्णता पाएको छ । नेकपा (एस) निकट पिभी कपिलवस्तुको अध्यक्षमा विष्णु भट्टराईले जिम्मेवारी लिएपनि जिल्ला कमिटीले पूर्णता पाएको थिएन ।

शनिबार भएको अगुवा कार्यकर्ता भेलाले भट्टराईको अध्यक्षतामा ७१ सदस्यिय जिल्ला कमिटी घोषणा भएको हो ।

जसको उपाध्यक्षमा प्रकाश अधिकारी, सचिवमा सुनिल कुमार बारी, सहसचिवमा रफक अन्सारी, कोषाध्यक्षमा सुशील महत रहनुभएको छ ।

जिल्ला कमिटी घोषणासभामा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश शाही, नेकपा (एस) का लुम्बिनी प्रदेश कमिटीका सदस्य क्षेत्र बहादुर खत्री, अहमद अब्दुल रउफ, युवा संघ नेपालका केन्द्रीयउप महासचिव सरिता श्रीस, अनेरास्ववियूका केन्द्रीय सचिव सुशील पौडेल, युवा संघ नेपालका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष किशोर थापा, सचिव चन्द्रकान्त न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७८ शनिबार ००:००  ७ : ४९ बजे