८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

जापानको नयाँ प्रधानमन्त्रीमा फुमिओ किशिदा



काठमाडौं ।
जापानको प्रधानमन्त्रीमा फुमिओ किशिदा निर्वाचित भएका छन् ।

गत साता सत्तारुढ लिवरल डेमोक्रयाटिक पार्टी एलडीपी ले किशिदालाई संसदील दलको नेतामा चयन गरेसँगै उनले प्रधानमन्त्री बनेका हुन्।

निवर्तमान प्रधानमन्त्री योशिहिदे सुगाको उत्तराधिकारी बनेका ६४ वर्षीय किशिदा यसअघि विदेशमन्त्रीको रूपमा काम गरेका थिए। महामारीपछि जापानको अर्थतन्त्र पुनःस्थापना र उत्तर कोरियाको धम्कीलगायतका विषय अगामी दिनमा किशिदाका मुख्य चुनौती हुनेछन्।

निर्वाचित भए लगत्तै उनले टोकियो ओलम्पिक आयोजना गर्ने निर्णयपछि पार्टीको गुमेको साख फिर्ता ल्याउन महत्वपूर्ण कार्य गर्ने बताए। कोभिड महामारीबीच टोकियोमा ओलम्पिक आयोजना गर्ने निर्णयको देशभित्र र बाहिर सरकारको विरोध हुँदै आएको थियो।

आगामी नोभेम्वरमा हुने आमनिर्वाचनमा किशिदाले एलडीपीलाई विजयी बनाउनु पनि उनको अर्को चुनौती छ।

प्रकाशित मिति : १८ आश्विन २०७८ सोमबार ००:००  १२ : ५२ बजे