८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

बर्तमान सरकारले बिकासमा उदारता देखाउन सकेनः आले



असौज २१ अर्घाखाँची ।

प्रेस चौतारी नेपालका प्रदेस सदस्य बिष्णु कुमार आलेले बर्तमान सरकारले साढे दुई महिना बितिसक्दा पनि सरकारलाई पुर्णता दिन नसकेको बताउनु भएको छ । आलेले बर्तमान सरकारले बिकासलाई जोड नदिएको र ओली सरकारद्दारा जनता र राष्ट्रको हितमा ल्याईएको कतिपय राम्रा योजनाहरू काट्न तल्लीन देखिएको बताउनु भयो ।

अर्घाखाँचीको शितगंगा ३ को ठुल्दिप, खान्दुला,पाँचपोख्रा नेकपा एमालेको टोल कमिटी द्वारा आयोजित कार्यक्रमलाई संबोधन गर्दै आलेले फिर्ता गरिएको नेपालको भुमि चुच्चे नक्शामा समेटिएको दार्चुला जिल्लाको माहाँकाली पारिका गाउँ लिम्पियाधुरा ,लिपुलेक,कालापानी क्षेत्रको यहि कार्तिक २५ देखि मंसिर ९ गते सम्म हुने १२ औं राष्ट्रिय जनगणनामा गणना गर्न कुटनितिक पहल गर्न बर्तमान सरकारले आनाकानी गरिरहेको बताउनु भयो । साथै आलेले अहिले राष्ट्रियता जोगाउन राष्ट्रिय एकताको आवस्यकता रहेको बताउनु भयो ।

टोलक कमिटि का अध्यक्ष भक्तबहादुर सुनारको अध्यक्षता , प्रेस चौतारी नेपालका प्रदेस सदस्य बिष्णुकुमार आलेको प्रमुख आथित्यतामा संम्पन्न कार्यक्रममा युवाहरूको भविस्य नेकपा एमालेले बाहेक अरूले तय गर्न नसक्ने भन्दै ठुल्दिप,पाँचपोख्रा र खान्दुला टोलका दर्जनौ युवा तथा पाका पुस्ताहरू नेपाली काग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गरेका युवा तथा पाका पुस्तालाई प्रेस चौतारी नेपालका प्रदेश सदस्य बिष्णुकुमार आले तथा बिरबहादुर बिक , रेमलाल खनाल ,भक्तबहादुर सुनारले संयुक्त रूपमा टीका अभिर लगाएर स्वागत गर्नु भएको थियो । साथै भेलाले गोबिन्द बस्नेतको अध्यक्षतामा १९ सदस्यीय टोल राष्ट्रिय युवासंघ नेपाल गठन गरिएको छ । जसको सचिवमा हरि थापा,सहसचिवमा भोजकुमारी मरसाई र सदस्यहरूमा चोप बहादुर सारू,भुवन बिक ,दिपक बिक , यम बहादुर सारू,झबिन्द्र बस्नेत र शंकर बिक लगायत रहनु भएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८ बिहिबार ००:००  ९ : ३३ बजे