८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

कांग्रेस रूपन्देहीका पुराना नेता खरेलको निधन



बुटवल ।
नेपाली कांग्रेसका नेता तथा यातायात व्यवसायी प्रेमनारायण खरेलको निधन भएको छ। रुपन्देहीको तिलोत्तमा निवासी खरेलको शुक्रबार राति ९ बजे ५५ बर्षको उमेरमा निधन भएको हो।

लामो समयदेखि मुटु रोगको समस्याबाट ग्रसित खरेललाई केही दिनदेखि पित्तथैलीमा समेत समस्या देखिएपछि काठमाडौंमा उपचार गरिएको थियो।

दुई पटकसम्म मुटुको भल्व फेरेका खरेलको भारतको मेदान्त अस्पतालमा पित्तथैलीको अप्रेसन भए पनि उनको निधन भएको पारिवारिक स्रोततले जनाएको छ।

गत बुधबार अप्रेसन सफल भएको भए पनि बिहीबार साँझबाट खरेलको स्वास्थ्य झन् बिग्रँदै गएको र शुक्रबार राति ९ बजे अस्पतालमै निधन भएको पारिवारीक स्रोतले बतायो।

लामो समय नेपाली कांग्रेस रुपन्देहीको राजनीतिमा सक्रिय खरेल नेपाली कांग्रेस रुपन्देहीको कोषाध्यक्ष, कांग्रेसको महासमिति सदस्य हुँदै कांग्रेसको केन्द्रीय यातायात विभागको सदस्य थिए।

स्वर्गीय खरेलका एक श्रीमती, एक छोरा र चार छोरी छन्। खरेलको पार्थिव शरीरलाई दिल्लीबाट शनिबारै ल्याइने बताइएको छ।

प्रकाशित मिति : २४ आश्विन २०७८ आइतबार ००:००  ७ : ४७ बजे