१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

झाडापखालाबाट कपिलवस्तुमा थप एक जनाको ज्यान गयो



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको सिमावर्ती यशोधरा गाउँपालिका–८ स्थित खोरिया गाउँमा फैलिएको झाडापखालको प्रकोपबाट एक जनाको मृत्यु भएको छ। बैदौली आधारभुत अस्पतालमा उपचारत ५६ वर्षीय शंकर गडरियाको झाडापखालाबाट मृत्यु भएको हो।

गाउँपालिकाका स्वास्थ्य संयोजक बिरेन्द्रकुमार मिश्राका अनुसार खोरिया स्थित आफ्नो घरमा झाडापखालाबाट ग्रसित भएपछि छिमेकीहरुले गडरियालाई अस्पतालमा उपचार गराउन ल्याएका थिए। उनको अवस्था नाजुक भएपछि रिफर गरिएको थियो। थप उपचारका लागि अन्य अस्पतालमा लैजाने उनको आफन्त कोही नभएपछि गडरियाको अस्पताल मै मृत्यु भएको संयोजक मिश्राले बताए।

गत असोज २० गतेदेखि नै खोरिया गाउँमा झाडापखालको प्रकोप फैलिएको उप स्वास्थ्य चौकी शिहोखोरका प्रमुख केशव घिमिरेले बताए। बुधबार साँझसम्म खोरिया र बैदौली गरी १ सय ४४ जना ग्रसित भएका छन्। त्यसमध्ये १४ जना अस्पतालमा उपचारत छन्। यस्तै, ३४ जना घर मै उपचारत छन् भने ९५ जना निको भई घर फर्किसकेका छन्।

संयोजक मिश्राले दूषित पानी खाएर झाडापखाला फैलिएको हुन सक्ने बताए। बिरामीहरुको उपचारसहित खोरिया गाउँमा सचेतनामुलक माईकिङ समेत गरिएको उनले बताए। उता दुई साताअघि कृष्णनगरमा फैलिएको झाडापखालाबाट ३ जनाको मृत्यु भएको थियो भने ७ सय २७ जना बिरामी परेका छन्।

प्रकाशित मिति : २७ आश्विन २०७८ बुधबार ००:००  ७ : १२ बजे