७ असार २०८३, आइतबार | Sun Jun 21 2026

मोदी : कोरोनाविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ



काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि दृढ रहेको बताएका छन् ।भारतले एक सय करोड नागरिकलाई खोप लगाएको अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सञ्जालमार्फत दिएको बधाईको प्रतिउत्तरमा मोदीले महामारीविरुद्ध संयुक्त रूपमा लड्न नेपालसँग सहकार्य गर्न दृढ रहेको बताएका हुन् । उनले भनेका छन्, ‘कामना छ हाम्रो चिरस्थायी सभ्यतागत सम्बन्ध बलियो हुँदै जानेछ ।’

प्रधानमन्त्री देउवाले शुक्रबार भारतीय समकक्षी मोदीलाई बधाई दिँदै खोप उपलब्धीले छिमेकी र मित्र राष्ट्रलाई पनि सुरक्षा सुनिश्चितता गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७८ शनिबार ००:००  १२ : ४५ बजे