७ असार २०८३, आइतबार | Sun Jun 21 2026

धादिङमा गुडिरहेको बसमा आगो लाग्यो



धादिङ ।

धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ। सुर्खेतबाट काठमाडौं आइरहेको पञ्चकोशी यातायात प्रालिको ना ६ ख १४७१ नम्बरको बसमा आइतबार राति २ बजे गजुरीमा आगलागी भएको धादिङ प्रहरीका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए।

उनका अनुसार इलेक्ट्रिक सट भएर बसमा आगो लागेको हो। ‘बसको अधिकांश भाग जलेको छ। मानवीय क्षति भने भएको छैन,’ डिएसपी भण्डारीले भने,‘बाहिर निकाल्न नसक्दा केही यात्रुका लगेज पनि जलेका छन्।’

प्रकाशित मिति : ७ कार्तिक २०७८ आइतबार ००:००  ७ : ५८ बजे