१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

सल्यानमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु‚ सात घाइते



सल्यान ।
सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र सात जना घाइते भएका छन्। दुर्घटनामा बागचौर नगरपालिकाका १८ वर्षीय आशीष बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार विहान करिव ७स्५० बजे सल्यानको बागचौरबाट दाङतर्फ गइरहेको भे १ च १८९० नम्बरको जिप कपुरकोट(३ स्थित मुलपानी वनस्पति उद्यान नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलले जानकारी दिए।

दुर्घटनामा घाइतेहरुको उपचार प्रादेशिक अस्पताल तुल्सिपुरमा भइरहेको छ। घाइतेमध्ये २८ वर्षीया बविता रावललाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ।

गाडी सडकबाट १०० मिटर तल खोल्सामा खसेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ७ कार्तिक २०७८ आइतबार ००:००  १२ : ५१ बजे