२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

ओलीले १० भाइलाई लखेट्न थाले : मेटमणी चौधरी



रुपन्देही ।
संघीय सांसद तथा नेकपा एकीकृत समाजवादी पार्टी लुम्बिनी प्रदेशका संयोजक मेटमणी चौधरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको साथ छाडेर पार्टीमा बसेका १० भाइलाई लखेट्ने काम गरेको आरोप लगाएका छन् ।

बुधबार भैरहवामा आयोजित पत्रकार भेटघाटमा चौधरीले घनश्याम भुसाल लगायतका नेताहरु बाटो बिराएर ओलीको पार्टीतिर बताउँदै अहिले ओलीले ती १० भाइलाई लखेट्ने काम गरेको बताए ।

ओलीले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न लागेको भन्दै चौधरीले ओलीबाहेक देशभरका कम्युनिष्टको साझा विचार रहेको दाबी गरे । ओलीको दम्भलाई शून्यमा झार्न पनि संगठिन हुनुपर्ने खाँचो उनले औंल्याए ।

उनले डुब्न थालेको कम्युनिष्ट आन्दोलनलाई उत्साहित पार्न एकीकृत समाजवादी पार्टी जन्मिएको बताए । २०१५ सालदेखि २०७४ सम्म विभिन्न निर्वाचनमा कम्युनिष्टले नेतृत्व गर्दै आएको तर क्षमतावृद्धि गर्न नसकेकाले आफ्नो पार्टी खडा भएको उनको भनाइ छ ।

नेपालमा कम्युनिस्ट पार्टीसँग दुई तिहाइको बहुमत हुँदाहुँदै पनि कम्युनिस्ट पार्टीमा ओलीवाद हाबी भएका कारण सरकार परिवर्तन भएको उनले बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०७८ बुधबार ००:००  १२ : ४४ बजे