८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

माओवादीले तोक्यो प्रदेश–२ का ८ जिल्लामा संयोजक



काठमाडौं ।
नेकपा माओवादी केन्द्रले प्रदेश–२ का आठ जिल्लामा पार्टीको जिल्ला संयोजक तोकेको छ। ८ जिल्लामा जिल्ला समन्वय समितिको संयोजक र दुई जिल्लामा सहइञ्चार्ज तोकिएको माओवादी केन्द्र प्रदेश समितिले जारी गरेको परिपत्रमा उल्लेख छ।

विज्ञप्ती अनुसार सप्तरीको संयोजकमा उमेश कुमार यादव, सिरहाको संयोजकमा रामकुमार यादव, धनुषाको संयोजकमा दीपक यादव, महोत्तरीको संयोजकमा तुलसी ढुंगाना र सर्लाहीको संयोजकमा कमल बुढाथोकी तोकिएका छन्। यस्तै रौतहटको संयोजकमा देवेन्द्र पटेल, बाराको संयोजकमा अनिल श्रेष्ठ र पर्साको संयोजकमा रामदरेश कुशवाह संयोजक तोकिएका छन्।

सर्लाहीको सहइञ्चार्जको जिम्मेवारी लोचन धिमाल र रामपृत राय तथा धनुषाको सहइञ्चार्जको जिम्मेवारी झल्कु यादवले पाएका छन्। वीरगञ्ज महानगरपालिकाको संयोजकमा रहवर अन्सारीलाई तोकिए।

अरु जिल्लामा आवश्यकता अनुसार सहइञ्चार्ज तोकिने विज्ञप्तिमा उल्लेख छ। पार्टीको राष्ट्रिय सम्मेलनबाट प्रदेश तथा जिल्ला कमिटीलाई पूर्णता दिइने निर्णय भएको पनि परिपत्रमा उल्लेख छ।

प्रकाशित मिति : २१ कार्तिक २०७८ आइतबार ००:००  १२ : ०८ बजे