२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

सल्यानमा बस दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु



दाङ ।

सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ। सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आइतवार बिहान भएको दुर्घटना परी सात जनाको मृत्यु भएको पुष्टि गरेका छन्।

‘घटनास्थलमै पाँच जनाको मृत्यु भइसकेको छ,’ डिएसपी थापाले सेतोपाटीसँग भने, ‘उद्धार गरी श्रीनगर लगिएका थप दुई बालबालिकाको पनि मृत्यु भएको खबर छ।’

थापाले आफू घटनास्थलमै रहेको र घाइते यात्रुको उद्धार भइरहेको बताए। घाइतेको संख्या धेरै छ,’ उनले भने, ‘हामी उद्धार गरी अस्पताल पुर्‍याउँदै छौं।’

सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुर तर्फ आउँदै गरेको बिहान बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।

बस दाङको तुलसीपुरस्थित राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिको हो। प्रालिका प्रशासनिक सचिव प्रकाश भट्टले ना २ ख २५५२ नम्बरको बस दुर्घटनामा परेको जानकारी दिए।

प्रकाशित मिति : २१ कार्तिक २०७८ आइतबार ००:००  १ : ०० बजे