८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

प्रधानन्यायाधीश जबराले तोके ६ इजलासमा ७ मुद्दाको पेसी



काठमाडौ ।
रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतमा सोमबारका लागि ६ वटा इजलास तोकेका छन्।

प्रधानन्यायाधीश जबराले २ एकल इजलास र ४ संयुक्त इजलास तोकेका हुन्। पेसी तोकिएमा सबै मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेका छन्।

प्रधानन्याायधीशले सोमबार आफ्नो पनि इजलास तोकेका छन्। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै न्यायाधीशहरूले पनि मार्गप्रशस्त गर्न आग्रह गर्दै आएका छन्। तर, प्रधानन्यायाधीश जबरा भने राजीनामा दिने मुडमा छैनन्।

उनले आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश नियुक्त भएको भन्दै कसैले राजीनामा दे भन्दैमा आफूले नदिने बताएका छन्। जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले सोमबार कालोपट्टी बाँधेर विरोध जनाउने भएको छ।

प्रकाशित मिति : २२ कार्तिक २०७८ सोमबार ००:००  १२ : २८ बजे