८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

प्राविधिक र स्वास्थ्य सेवाका पदमा लोक सेवाले खुलायो आवेदन



काठमाडौं ।

लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी प्राविधिक र स्वास्थ्य सेवाका आठौं तथा सातौं तहका पदमा आवेदन माग गरेको छ।

तीन सय बढी पदमा दरखास्त आह्वान गर्दै आयोगले आज गोरखापत्रमा सूचना निकालेको छ। यी पदहरूमा खुला तथा समावेशी प्रतियोगिताबाट लिखित परीक्षा हुनेछ। इच्छुकलाई आवेदन दिन आयोगले आह्वान गरेको छ।

आवेदन psconline.psc.gov.np मार्फत् दिन सकिनेछ।

राजपत्रांकित तृतीय श्रेणी प्राविधिक, संघीय संसद सेवाका प्राविधिक र स्वास्थ्य सेवाका सातौं र आठौं तहका लागि इच्छुक उम्मेदवारबाट आवेदन माग भएको छ।
मंसिर १४ गतेभित्र आवेदन दिइसक्नुपर्ने पनि आयोगले जनाएको छ।

प्रकाशित मिति : २४ कार्तिक २०७८ बुधबार ००:००  ७ : ५७ बजे