१८ माघ २०८२, आइतबार | Mon Feb 2 2026

थप ४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



काठमाडौं ।

नेपालमा थप ४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४४० जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ६ हजार ८१४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ५ हजार ४०७ जनाको पिसिआर परीक्षण र १४०७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल ७ हजार ५१९ जना सक्रिय संक्रमित छन्। यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४६० पुगेको छ।
४७४ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७।७ प्रतिशत छ।
त्यस्तै, काठमाडौं उपत्यकामा २०२ थपिएका छन्। जसमध्ये काठमाडौंमा १५५, ललितपुरमा ३२ र भक्तपुरमा १५ संक्रमित छन्।

प्रकाशित मिति : २४ कार्तिक २०७८ बुधबार ००:००  ३ : ५६ बजे