२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

लुम्बिनी प्रदेशका यी खोप केन्द्रमा पाइने छ फाइजर खोप



काठमाडौं ।
सरकारले आगामी आइतबारदेखि कोरोनाविरुद्ध फाइजर खोपको पहिलो मात्रा लगाउने भएको छ । परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई लगाइने र खोप अभियान मंसिर ४ सम्म सञ्चालन हुने बताए ।

देशभरका विशेषज्ञ सेवा उपलब्ध भएका २४ ठूला अस्पतालमा खोप लगाउने तय भएको जानकारी दिए । त्यसका लागि काठमाडौं उपत्यकाभित्र ८ र बाहिर १६ गरी २४ वटा अस्पतालमा खोप केन्द्र तय गरिएको जानकारी दाहालले दिए । उक्त समयमा यसअघि खोप लगाउन छुटेका १८ वर्षमाथिका दीर्घरोगीलाई पनि खोप दिइने उनले बताए ।

‘आइतबारदेखि मंसिर ४ गतेसम्म फाइजर खोप लगाउन सुरु गर्न लागेका छौँ, उनले भने, १८ वर्षमाथिका धैरै दीर्घरोगीले यसअघि नै खोप लगाएको हुँदा १२/१८ वर्ष उमेरका बालबालिकालाई समेत पुग्छ भन्ने अनुमान गरी खोप दिन लागिएको छ ।‘ यसका साथै मंसिर ४ सम्म यी समूहलाई खोप लगाइसकेपछि खोप बाँकी रहे १२/१८ वर्षका अन्य बालबालिकालाई पनि खोप लगाउने जानकारी उनले दिए ।

यो खोप कार्यक्रम भने मंसिर ५/७ सम्म सञ्चालन हुनेसमेत बताइएको छ । सरकारले १२/१८ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन फाइजर र मोडर्नासँग खरिद प्रक्रिया अघि बढाइसकेको छ । नेपालले फाइजर कम्पनीसँग ६० लाख मात्रा र कोभ्याक्स सुविधामार्फत लागत साझेदारीमा ४० लाख मात्रा खोप खरिद गर्न सम्झौता गरिसकेको छ । फाइजर आगामी डिसेम्बर अन्तिमसम्म र सन् २०२२ मा सुरुवातमा आइपुग्ने बताइएको छ।

यी उमेर समूहले पाउँछन् फाइजर खोप

-१२ वर्षमाथिका निम्न दीर्घरोग भएका बिरामीलाई यो खोप लगाइने छ ।

-लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका बिरामी ।

-लामो समयदेखि मिर्गौलासम्बन्धी समस्या भइ मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि सेवन गरिरहेका बिरामी ।

-जुनसुकै प्रकारको क्यान्सरको पहिचान भइ अप्रेसन गरेका तथा उपचारमा रहेका बिरामी ।

-लामो समयदेखि छातिको समस्या भइ चिकित्सकको सिफारिश बमोजिम औषधि खाइरहेका बिरामी ।

-अंग प्रत्यारोपण गरेका व्यक्ति ९ लामो समयदेखि उच्च रक्तचाप र मधुमेह भइ चिकित्सकको निगरानीमा उपचार गराइरहेका बिरामी ।

-कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता न्यून भएका व्यक्ति ।

-मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग जस्तै पक्षाघात, एन्युरिजम, रक्तनलीमा भएका विकृति आदि लागेका व्यक्ति ।

यी हुन् आइतबारबाट खोप लगाइने २४ अस्पतालः

उपत्यका भित्र

वीर अस्पताल

त्रिवि शिक्षण अस्पताल

निजामती सेवा अस्पताल

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र

भक्तपुर क्यान्सर अस्पताल

पाटन अस्पताल

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र

वीरेन्द्र सैनिक अस्पताल

उपत्यका बाहिर

लुम्बिनी प्रादेशिक अस्पताल

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

भेरी अस्पताल

मेची अस्पताल

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

जनकपुर अस्पताल

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान

डडेल्धुरा अस्पताल

कोशी अस्पताल

गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान

नारायणी अस्पताल

धुलिखेल अस्पताल

धवलागिरि अस्पताल

कर्णाली प्रादेशिक अस्पताल

सेती अस्पताल

प्रकाशित मिति : २४ कार्तिक २०७८ बुधबार ००:००  ७ : ५९ बजे