१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

सङ्गीत क्षेत्रको विकास नै आजको प्रमुख आवश्यकताः मन्त्री आले



काठमाडौं ।
संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गीत सङ्गीत क्षेत्रको विकासका लागि आफूले पूर्णसहयोग गर्ने बताएका छन्। सङ्गीतकर्मी सङ्घले आज शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको आफ्नो पाँचौ महाधिवेशनको उद्घाटन कार्यक्रममा मन्त्री आलेले कला, संस्कृति तथा सङ्गीत क्षेत्रको विकासका लागि आवश्यक सहयोगका लागि आफू तयार रहेको बताए ।

सो अवसरमा मन्त्री आलेले सङ्गीत क्षेत्रको विकासका लागि आफूले सक्दो बजेटसमेत विनियोजन गराउने आश्वासनसमेत दिए । मन्त्री आलेले नेपालका सबै क्षेत्र तथा भाषाभाषीका कला, संस्कृति र गीतसङ्गीत देश विदेशसम्म फैलाउन र चिनाउनका लागि सबै कलाकार तथा सङ्गीतकर्मीसँग आग्रहसमेत गरे ।

सङ्गीत बिना अधिकांश काम तथा कला अधुरा हुने भएकाले सङ्गीत क्षेत्रको विकास नै आजको प्रमुख आवश्यकता भएको समेत मन्त्री आलेले उल्लेख गरे । सोही अवसरमा सङ्गीतकर्मी सङ्घले मन्त्री आलेलाई सम्मानसमेत गरेको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७८ शुक्रबार ००:००  ६ : ५८ बजे