२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

कक्षा–१२ नतिजा मंसिर २० गतेभित्रै आउने



काठमाडौं ।

कक्षा १२ को परीक्षाको नतिजा मंसिर २० गतेभित्र सार्वजनिक गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ। परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । अहिले उत्तरपुस्तिका परीक्षणबाट प्राप्त नतिजालाई सम्परीक्षण तथा तालिकीकरणको काम भइरहेको बोर्डले जनाएको छ।

नियमित कामबाहेक अन्य कुनै प्राविधिक समस्या नआए मंसिर २० भित्रै नतिजा सार्वजनिक हुने जनाइएको छ। परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी छन्। कोभिड–१९ को महामारीका कारण परीक्षा तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो।

भदौ ३० गतेदेखि सञ्चालित परीक्षामा कोभिड–१९ सङ्क्रमण भएर सहभागी हुन नसकेका परीक्षार्थीका लागि बोर्डले मंसिर १६ गते अर्को परीक्षा सञ्चालन गर्ने भएको छ।

प्रकाशित मिति : ९ मंसिर २०७८ बिहिबार ००:००  १२ : ०९ बजे