८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

ट्रकको ठक्करबाट छोरीको मृत्यु आमा गम्भीर



काठमाडौं ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा मालबाहक ट्रकले ठक्कर दिँदा एक बालिकाको ज्यान गएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छिन्। विरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४९७ नम्बरको सिमेन्ट बोकेको मालबाहक ट्रकले पैदल यात्री आमाछोरीलाई ठक्कर दिँदा धादिङको सिद्धलेक गाउँपालिका १ नलाङकी ११ वर्षीय कृपा अर्यालको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक भावेस रिमालले जानकारी दिए। दुर्घटनामा घाइते मिठु अर्यालको गजुरीस्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि काठमाडौं ट्रमा सेन्टर पठाइएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : ९ मंसिर २०७८ बिहिबार ००:००  १ : १४ बजे