८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

आइपिएल क्रिकेटमा दिल्ली पराजित



मायादेवी अनलाइन, काठमाडौं ।
इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा सन्दीप लामिछानेको टिम दिल्ली डेयर डेभिल्स पराजित भएको छ ।
आफ्नो पहिलो खेलमा दिल्ली किंग्स इलाभेन पञ्जावसँग ६ विकेटले पराजित भएको हो । मोहालीमा टस जितेर पहिले व्याटिङ गरेको दिल्लीले गौतम गम्भिरको ५५ रन मद्दतमा १ सय ६६ रन बनाएको थियो ।
१ सय ६७ रनको लक्ष्य पञ्जावले १८ ओभर ५ बलमा ४ विकेट गुमाए भेटायो । पञ्जावको जितमा केएल राहुलले १६ बलमा ५१ रन बनाए भने करुण नायरले ५० रन बनाए । दिल्ली डेयर डेभिल्समा आवद्ध नेपाली क्रिकेटर सन्दिप लामिछानले पहिलो खेलमा मैदान उत्रिन पाएनन्।
दिल्लीले एक मात्र स्पिनर अमित मिश्रलाई मैदान उतारेको कारण सन्दिपले किंग्स इलावेन पञ्जाव सँगको खेल खेल्ने अवसर नपाएका हुन् ।

प्रकाशित मिति : २५ चैत्र २०७४ आइतबार ००:००  ३ : २३ बजे