६ असार २०८३, शनिबार | Sun Jun 21 2026

भीम रावल सल्लाहकार परिषद्को सदस्य हुनुहुन्छः शंकर पोखरेल



काठमाडौं

नेकपा एमाले नेता भीम रावललाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्यको जिम्मेवारी दिइएको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन्।

काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उनले नीतिअनुसार नै सल्लाहकारको जिम्मेवारी प्राप्त गरेको बताएका हुन्।

उनले भने, ‘केन्द्रीय कमिटीमा हुनुहुन्न। त्यसैले त्यहाँ जिम्मेवारी प्रदान भएन। हाम्रो नीतिले नै उहाँलाई सल्लाहकारको जिम्मेवारी प्रदान गर्छ।’
थप जिम्मेवारुीका लागि भने पार्टी अध्यक्षसँग परामर्श गर्नुपर्ने उनले बताए। ‘उहाँले चाहनुभयो भने अन्य जिम्मेवारीका लागि अध्यक्षसँग परामर्श गर्नुहुन्छ,’ उनले भने। अहिलेलाई बेलामौकामा आएर सल्लाह दिइरहने जिम्मेवारी रहेको उनको भनाइ थियो।

प्रकाशित मिति : २ पुस २०७८ शुक्रबार ००:००  ३ : १७ बजे