२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

आहा रारा गोल्डकप आजदेखि पोखरामा सुरु हुँदै



काठमाडौं ।

आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २० औं संस्करण आजदेखि सुरु हुँदैछ।

सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागीय टिम एपीएफ क्लबबीचको खेल दिउँसो २ बजे सुरु हुने छ।

प्रतियोगितामा साविक विजेता संकटा क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्रीस्टार क्लब, नेपाल एपिएफ क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, त्रिभुवन आर्मी क्लब, सहारा क्लब र बिवाइएसी मिनेसोटा युएसए गरी कुल १० टिमको सहभागिता रहने छ।

प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ।

यसवर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ। त्यस्तै सर्वोकृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७८ बाट एक जना राष्ट्रिय खेलाडीलाई सम्मान गरिने क्लबले जनाएको छ।

स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरी प्रतियोगिता सञ्चालन गरिने क्लबका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक केशवराज बरालले जानकारी दिए। प्रतियोगिताका लागि खोपकार्ड अनिवार्य गरिएको छ।

प्रकाशित मिति : ६ माघ २०७८ बिहिबार ००:००  ८ : ५७ बजे