८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

चौध किलो सुन कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ



काठमाडौं ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १४ किलो सुन कारोबारमा संलग्न चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
ब्यूरोबाट खटिएको टोलीले विसं २०७४ भदौ १४ मा टोखा नगरपालिका–११ सामाखुशीमा फेला परेको सुन कारोबारीमा संलग्न चिनियाँ नागरिक ४० वर्षीय जेड हङलाई मंगलबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
सोही समयमा उक्त सुन सामाखुशीमा सिन्धुपाल्चोकका पेम्बा दोर्जे शेर्पा बस्ने कोठाबाट प्रहरीले बरामद गरेको थियो भने एक किलो भने धनुषाबाट बरामद गरेको थियो । ब्यूरोले भदौमा फेला परेको सुन ओसारपसार गर्दै आएका सात जनालाई भने यसअघि पक्राउ गरिसकेको छ ।
पक्राउ परेका जेड हङलाई आज काठमाडौँ जिल्ला अदालतबाट अवैध सुन ओसारपसार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७५ बिहिबार ००:००  ४ : ४६ बजे