८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

प्रेस चौतारीले विभिन्न सञ्चारकर्मीलाई पुरस्कृत गर्ने



काठमाडौँ ।

प्रेस चौतारी नेपालले २४औं स्थापना दिवसका अवसरमा विभिन्न सञ्चारकर्मीलाई पुरस्कृत गर्ने घोषणा गरेको छ।
प्रेस चौतारीले पत्रकारिताको माध्यमबाट समाज परिवर्तन र रूपान्तरणमा विशिष्ट योगदान गर्ने पत्रकारलाई आफ्नो स्थापना दिवसको अवसरमा वार्षिक पुरस्कृत गर्दै आएको छ।

चौतारीले माघ २२ गतेलाई स्थापना दिवस मनाउँदै आएको छ। उसले २०७७ र २०७८ को पुरस्कार शनिबार घोषणा गरेको हो।

महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट पुरस्कृत गर्ने कार्यक्रम रहेको छ।

पुरस्कृत हुने सञ्चारकर्मी

हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार

पूर्व अध्यक्षहरू राजेन्द्र अर्याल र गगन विष्ट

अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार

कृष्णविनोद लम्साल (सुनसरी) र झलक सुवेदी (लेखक तथा राजनीतिक विश्लेषक)

वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार

केपी गौतम (गोरखापत्र) र अनुप तिवारी (पर्सा)

डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार

सागर पण्डित (राजधानी दैनिक) र हिरा परियार (रुकुम पश्चिम)

प्रेस चौतारी पद्मलक्ष्मी–सावित्री बस्नेत स्मृति पत्रकारिता पुरस्कार
अब्दुल्ला मियाँ (काठमाडौं) र शिवराज भट्ट (कैलाली)

चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार(

शान्ति गुरुङ (कास्की) २०७८

प्रकाशित मिति : २३ माघ २०७८ आइतबार ००:००  ७ : ४८ बजे