८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

बुद्धभूमिका १ सय अपाङ्गता भएका व्यक्तिले पाए ‘ब्लेङ्केट’



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका १ सय अपाङ्गता भएका व्यक्तिलाई ब्लेङ्केट वितरण गरिएको छ ।

चिसोसंगै अपाङ्गता भएका व्यक्तिलाई गरिबीको कारण समस्या भएको भन्दै सहयोग स्वरुप ब्लेङ्केट वितरण गरिएको हो ।

नगरका १० वटै वडाका १ सय जनालाई नगर प्रमुख केशव कुमार श्रेष्ठ, उप-प्रमुख मिरा थारुले नगरको प्राङ्गणबाट आइतबार वितरण गर्नुभएको अपाङ्ग सेवा समाजका अनिल अधिकारीले जानकारी दिए ।

बुद्धभूमि नगरपालिका र फ्युचर अफ होपको आर्थिक सहयोगमा भएको उक्त ब्लेङ्केट वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले आर्थिक रुपमा विपन्न त्यसैमा पनि शारीरिक अशक्ततताका कारण मर्कामा परेकाहरुलाई ब्लेङ्केट वितरण गर्न पाउदा खुसी लागेको बताउनुभयो ।

मानवीय सहयोग नै सर्वोत्तम सामाजिक काम भएको भन्दै आगामी दिनमा पनि नगरबाट यस्तै सहयोग मिल्दै जाने बताउनुभयो ।

प्रकाशित मिति : २३ माघ २०७८ आइतबार ००:००  ७ : ३७ बजे