२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

पोखरीमा डुबेर पाँच वर्षीय बालकको ज्यान गयो



रोल्पा ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ खारामा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ ।

सुनिलस्मृति गाउँपालिका–२ खुङ्ग्रीका कृष्ण गिरीका पाँच वर्षीय छोरा निर्मल गिरीको हिजो बेलुका पोखरीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।

बालक मामाघर आएको बेला सिँचाइ पोखरीमा डुबेका जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी विनोद घिमिरेले बताउनुभयो ।

प्रकाशित मिति : १ फाल्गुन २०७८ आइतबार ००:००  ४ : ११ बजे