८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

अस्ट्रेलियामा बाढीका कारण ११ जनाको मृत्यु



एजेन्सी ।

अष्ट्रेलियाका पूर्वी राज्यहरुमा बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ।
बाढीका कारण राज्यकै सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक दक्षिण लिसमोरमा एक महिलाको शव भेटिएसँगै अष्ट्रेलियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको हो।
बाढीका कारण मृत्यु हुनेमध्ये आठ जना क्वीन्सल्यान्ड राज्यका रहेका प्रहरीले पुष्टि गरेको छ। यसबीच, शहरको मुख्य पानीको स्रोत, दक्षिणपश्चिम सिड्नीको वारागाम्बा बाँधलाई बाढीले बगाइदिएको छ।

गत हप्तादेखि क्वीन्सल्यान्ड र उत्तरी न्यु साउथ वेल्सलाई अत्यधिक वर्षापछिको बाढीले तहसनहस गरिरहेको र उक्त क्रम यस हप्ता जारी रहने मोसम पुर्वानुमान कार्यालयहरूले जनाएका छन्।

हन्टर र मेट्रोपोलिटन, इलवार्रा, दक्षिण तट र मध्य तथा दक्षिणी टेबलल्यान्ड्स जिल्लाका केही भागहरूमा भारी वर्षाद्वारा आउनसक्ने विपत्तिको पूर्वानुमान गरिएको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८ बिहिबार ००:००  ८ : ३८ बजे