८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

तौलिहवाको भिक्षु चोकमा नमुना चौमुखे गेट निर्माण हुँदै



कपिलवस्तु ।

तौलिहवाको भिक्षु चोकमा नमुना चौमुखे गेट निर्माण हुने भएको छ। हुलाकी बाटो विस्तारका क्रममा तौलिहवा स्थित प्रशासन चोक नजिकै रहेको बिक्रम संम्बत २०१४ सालमा निर्मित महेन्द्र गेट भत्काइएको बेला चार कुनामा चार वटा पिलर भएको सेमी सर्कुलर मोडेलको चौमुखे गेट निर्माण हुने भएको हो।

करिब ८३ लाख लागतको नुमना गेटको निर्माणका लागि एमके मंगलदीप जेभी काठमाडौसंग सम्झौता भई सकेको मेयर किरण सिंहले बताए। हुलाकी बाटो निर्माणका क्रममा ऐतिहासिक महेन्द्र गेट भत्काउने कुरा थाहा पाएपछि आफूले २ वर्षदेखि नै भिक्षु चोकमा नमुना गेट निर्माणका लागि प्रकृया थालेको उनले बताए। गेटको उचाई साढे ४ मिटरदेखि ९ मिटरसम्म हुने नगरपालिकाका ईन्जिनियर राजेश सैनीले बताए।

डिजाई बुल्ड मेथडमा गेटको भित्र स्पाम साढे २८ मिटरको हुनेछ। गेटमा दिशा र ठाउँ देखाउने एलआइडी प्यानल समेत हुनेछ। चारैतिर कम्योजिट प्यानल र ट्रस्टको कम्पोजिशनमा गेट निर्माण हुने ईन्जिनियर सैनीले बताए। गेट २०७९ साउन ९ गते निर्माण सम्पन्न हुने योजना रहेको बताइएको छ। वडा नम्बर १ का अध्यक्ष सुदीप पौडेलले नमुना गेट निर्माण भएपछि तौलिहवा बजारको समेत चिनारी फेरिने बताए। ‘चौमुखे नमुना गेट निर्माणले बुद्धनगरी तौलिहवा बजारको मुहार र चिनारी समेत फेरिनेछ,’ उनले भने।

यस्तै नगरपालिकाका सामाजिक विकास संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरले सुन्दर र नमुना गेटले तौलिहवा बजारको शान र सुन्दरता थप्ने बताए। ‘निर्माण हुने गेट अब तौलिहवा बजार कै शानको रुपमा रहनेछ,’ उनले भने। ठेकेदार कम्पनीलाई समयमै काम सम्पन्न गर्न कडा निर्देशन दिइएको मेयर सिंहले बताए।

प्रकाशित मिति : २० फाल्गुन २०७८ शुक्रबार ००:००  ७ : ५९ बजे