८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

श्रीलंका नेभीविरुद्धको दोस्रो अभ्यास खेलमा नेपाल विजयी



काठमाडौं ।

श्रीलंका नेभीविरुद्धको दोस्रो अभ्यास खेलमा नेपाल विजयी भएको छ ।
मंगलबार भएको खेलमा श्रीलंका नेभीलाई ८१ रनले पराजित गर्दै नेपालले दोस्रो जित हात पारेको हो ।

नेपालले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभी ५ बलमा मात्र १ सय १५ रन बनाउँदा अल आउट भयो ।नेपालका पवन सर्राफले ३ विकेट लिए ।
यस्तै दिपेन्द्र सिंह ऐरीले २ तथा बिक्रम सोब, सन्दीप लामिछाने र कुशल भुर्तेलले समान १÷१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्यतीङ गरेको नेपालले ४३ ओभर ४ बलमा अल आउट हुँदै १ सय ९६ रन बनायो ।नेपालका दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेले ।ऐरीले सर्वाधिक ६३ रन जोडे ।यस्तै भिम शार्कीले २८, विवेक यादबले २६, पवन सर्राफले २२ तथा कप्तान सन्दीप लामिछानेले अविजित १४ रनको योगदान गरे ।अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । ज्ञानन्द्र मल्ल १, कुशल भुर्तेल ३, रोहित कुमार पौडेल ८, बिनोद भण्डारी २, बिक्रम शोबले १ र सागर ढकाल ८ रनमा आउट भए ।

यसअघि, सोमबार भएको खेलमा नेपालले श्रीलंका नेभीलाई १ सय ११ रनले पराजित गरेको थियो ।आईसीसी पुरुष विश्वकप क्रिकेट लिग दुई अन्तर्गत सिरिजको तयारीमा रहेको नेपाल हाल श्रीलंका भ्रमणमा रहेको छ ।

श्रीलंकामा नेपालले श्रीलंकाको प्रथम श्रेणीको क्लबसँग ४ अभ्यास खेल खेल्ने छ ।
श्रीलंकामा अभ्यास खेल सकिएपछि नेपाली टोली श्रीलंकाबाटै मार्च १४ मा युएई प्रस्थान गर्ने छन् ।नेपालले लिग दुई अन्तर्गतको आफ्नो तेस्रो सिरिजमा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८ मंगलबार ००:००  ५ : ४२ बजे