८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

स्थापना दिवसमा रक्तदान कार्यक्रम



मायादेवी अनलाइन, वाणगंगा
युवा संघ नेपाल कपिलवस्तुले पिपरा सामुदायिक अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संघको २८ औं स्थापना दिवस एवं मदन आश्रित स्मृतिको अवसरमा युवा संघ नेपाल कपिलवस्तुले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
“रक्तदान महादान, रक्तदान जीवनदान” भन्ने भावनाका साथ विहिबार ४ जना महिला सहित ५१ जना युवाहरुले रक्तदान गरेका छन् । युवा संघका जिल्ला अध्यक्ष गणेश केसीको अध्यक्षता तथा प्रदेश साँसद विष्णु पन्थीको प्रमुख आतिथ्यता संचालन भएको रक्तदान कार्यक्रममा नेकपा एमालेका पार्टी उपाध्यक्ष बाबुराम खनाल, वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्याल, पार्टी सचिव बाबुराम आचार्य, वडा अध्यक्ष विष्णु पौडेल, युवा संघका केन्द्रिय सदस्य गोपाल ज्ञवाली, टोपनाथ पोख्रेल, युवा संघका पूर्व अध्यक्ष कृष्ण सापकोटा, पिपरा अस्पतालका अध्यक्ष ईश्वर क्षेत्री, सचिवालय सदस्य कमल क्षेत्री लगाएतको सहभागीता रहेको थियो ।
३६ औ पटक रक्तदान गर्नुभएका युवा संघका सचिव श्याम सुवेदीले नियमित रगत दिदा शरिर कमजोर नभई बिभिन्न प्रकारका रोगहरुसंग लड्ने क्षमता बढ्ने बताउनुभयो । कपिलवस्तुमा रक्तसंचार केन्द्र नहुदा यस क्षेत्रका सर्बसाधारणलाई रगतको अभाब हुन नदिन रक्तदान आयोजना गरिएको युवा संघ कपिलवस्तुका अध्यक्ष गणेश केसीले बताउनुभयो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७५ बिहिबार ००:००  ३ : ३३ बजे