८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

पोखरीमा डुबेर दुई युवाको मृत्यु



जलेश्वर ।

महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित पोखरीमा पौडी खेल्नेक्रमा एक युवकको मृत्यु भएको छ।

मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ का १८ वर्षीय सुमन ठाकुरको डुबेर मृत्यु भएको हो। सो पोखरीमा तीन युवक पौडी खेल्न गएका जनाइएको छ।
स्थानीयले पानीमा डुबेका ती युवालाई उद्धार गरेका थिए। उचारका लागि लैजाँदै गर्दा ठाकुरको मृत्यु भएको जनाइएको छ।

यसैबीच महोत्तरी गाउँपालिका–५ गौरीगामा गाउँमा पोखरीमा डुबेर बेहोस भएका एक युवकको गए राति उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा २५ वर्षीय राकेश पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
होली खेलेर शनिबार साँझ गाउँमै रहेको पोखरीमा नुहाउन गएका युवक राकेश पौडी खेल्ने क्रममा पोखरीमै बेहोस भएपछि स्थानीयले उद्धार गरेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको थिए। रासस

प्रकाशित मिति : ६ चैत्र २०७८ आइतबार ००:००  १ : ३४ बजे