७ असार २०८३, आइतबार | Sun Jun 21 2026

बर्दियामा पाटे बाघ मृत भेटियो



बर्दिया ।

बर्दिया मधुवन नगरपालिका २ को जनजागृति सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा भेटिएको छ ।

खाता जैविक मार्ग क्षेत्रमा पर्ने सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी द्रोणराज शर्माले जानकारी दिनुभयो। यो पाटेबाघ झण्डै एक हप्ताअघि नै मरेको हुनसक्ने अनुमान गरिएको छ ।

मृत फेला परेको बुढो बाघ र अर्को वयस्क बाघसँग आपसमा लड्दा घाइते भएको र प्राकृतिक रुपमा नै मरेकोे हुन सक्ने डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८ मंगलबार ००:००  १२ : १५ बजे