१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

गठबन्धन टुटाउन चलखेल भइरहेका छन्, यो चुनावबाट रेकर्ड राख्छौंः प्रचण्ड



काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउन चलखेल भइरहेको बताएका छन् ।

तर गठबन्धन नटुट्ने उनले बताए।

आज रोल्पाको सातदोबाटोमा झन्डै ६ करोडमा बनाइएको ‘जनयुद्ध स्मृति टावरको उद्घाटन समारोहमा बोल्दै प्रचण्डले भने, ‘गठबन्धन टुटाउन चलखेल भए, अहिले भइरहेका पनि छन्। तर आगामी निर्वाचनमा रेकर्ड बनाएर जानुपर्छ।’

उनले ‘जनयुद्ध’ का क्रममा पछिल्लो दुई वर्ष आफू रोल्पामै बसेको बताएका थिए।

साथै प्रचण्डले पार्टी नेता कृष्णबहादुर महराको घरमा आजै भएको पत्रकार सम्मेलनमा आफ्नै शक्तिमा पार्टी चुनावमा होमिएको बताएका थिए।

‘आफ्नै खुट्टामा टेकेर निर्वाचन लड्छौं,’ उनले भने।

प्रकाशित मिति : १४ चैत्र २०७८ सोमबार ००:००  २ : ३७ बजे