७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

रिटर्नी शुद्धोधनको अध्यक्षमा यादव



कपिलवस्तु ।

विदेशमा सिकेका ज्ञान, सिप, अनुभव, पुजीलाई स्वदेशमै परिचालन गर्ने उद्देश्यीयले गठित रिटर्नीहरुको संगठन रिटर्नी फेडेरेसन नेपाल कपिलवस्तु शुद्धोधन गाउँपालिकाको भेलाबाट मंगल यादवको अध्यक्षतामा १७ सदस्यि शुद्धोधन गाउँपालिका स्तरीय कमिटी गठन भएको छ ।

जसको उपाध्यक्षमा अमिर उल्ला मुसलमान, सचिव श्याम बहादुर बानिया, सहसचिव मोहन लाल कुर्मी, कोषाध्यक्ष राम चरण कहार र अन्य सदस्यमा चयन हुनुभएको एमाले शुद्धोधनले जनाएको छ ।

कार्यक्रममा एमाले नेता विष्णु गौतमले पार्टीको सिद्धान्त, नीति वीचारका बारेमा वैचारिक रुपमा स्पष्ट हुनु आवश्यक रहेको चर्चा गर्दै पार्टीले विदेशबाट सिकेका ज्ञाप सिपलाई स्वदेशमै परिचालन गर्ने कुरामा जोड दिदै आएको चर्चा गर्नु भयो ।

त्यस्तै विशिष्ट अतिथी रिटर्नी फेडेरेसन नेपालका केन्द्रिय सदस्य एवम् कपिलवस्तुका इन्चार्ज जयलाल गिरीले विदेशी सिप, अनुभवलाई संस्थागत गर्दै समुदाय स्तरबाटै संगठित हुनका लागि रिटर्नी फेडेरेशन नेपालको स्थापना भएको बताउनु भयो ।

भेला रिटर्नी फेडेरेसन नेपाल कपिलवस्तुका अध्यक्ष सन्तोषराज बेल्बासेको अध्यक्षता, जिल्ला उपाध्यक्ष देविलाल कडेलको स्वागत मन्तब्य र जिल्ला सचिव रविन्द्र पौडेलको संचालनमा सम्पन्न भेलाको उद्दृेश्यमाथि जिल्ला सहईन्चाज सुभास रिजालले प्रकाश पार्नु भएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७८ सोमबार ००:००  ५ : ०५ बजे