७ असार २०८३, आइतबार | Sun Jun 21 2026

नेपाल वायुसेवा निगमको रियाद उडान तालिका सार्वजनिक



काठमाडौं ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेपाल एयरले वैशाख ९ गते देखि साउदी अरेबियाको रियादमा नियमित उडान सुरु गर्ने भएको छ।

निगमले विज्ञप्तिमार्फत काठमाडौँ–रियाद–काठमाडौँ उडान तालिकासमेत सार्वजनिक गरेको हो।

रियाद गन्तव्यका लागि अप्रिल २०२२ र मे महिनाका लागि उडान तालिका सार्वजनिक गरेको निगमले निकट भविष्यमा थप नयाँ हवाई गन्तव्यसँग जोडिने प्रतिबद्धतासमेत जाहेर गरेको छ।

‘निगमले साउदी अरेबियाको राजधानी तथा ‘ग्लोबल सिटी’ को रुपमा स्थापित सहर रियादमा आफ्नो नियमित तथा व्यावसायिक उडान आरम्भ गर्ने भएको छ । निगमको उडान इतिहासमा यसरी रियादलाई आफ्नो हवाई गन्तव्यको रुपमा समेट्न पाउँदा हामी हर्षित र गौरवान्वित भएका छौँ। निकट भविष्यमा थप नयाँ हवाई गन्तव्यसँग हामी जोडिने छौँ। हाम्रो यात्रा जारी छ‘, विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : ५ बैशाख २०७९ सोमबार ००:००  ८ : २२ बजे