२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

कस्तो रहनेछ आजको मौसम ?



काठमाडौं ।

हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू भागमा आंशिक बदली र बाँकी भू भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।आइतबार देशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ।

सोमवार देशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ का पहाडी भू भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै मंगलबार देशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहने छ।बागमती प्रदेश गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, र कर्णाली प्रदेशका का पहाडी भू भागका एक दुई स्थानमा मेघ गर्जन, चट्याङसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : ११ बैशाख २०७९ आइतबार ००:००  ७ : २९ बजे