२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

१० प्रकारका विलासीका वस्तु आयातमा रोक



काठमाडौं ।

विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि असार मसान्तसम्मको लागि आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० प्रकारका विलासीका वस्तु आयातमा रोक लगाएको हो ।

मन्त्रालयका अनुसार कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हीरा, मोबाइल सेट, ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजन, जिप, कार र भ्यानहरु, २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल, खेलौनाहरु र तास आयातमा रोक लगाएको छ।

कूटनीतिक नियोगका अधिकारीको लागि प्रयोजनार्थ ती वस्तु ल्याउन बन्देज लागू नहुने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि यो प्रतिबन्ध लागू हुनेछैन ।

प्रकाशित मिति : १४ बैशाख २०७९ बुधबार ००:००  १२ : २४ बजे