५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

देवदह नगरपालिकाको प्रमुखमा एमालेका ध्रुव खरेल विजयी



बुटवल ।

रुपन्देहीको देवदह नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका ध्रुव खरेल निर्वाचित भएका छन्। नेकपा एमालेको तर्फबाट नगर प्रमुख पदमा उम्मेदवार बनेका खरेलले नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनमा उम्मेदवार बनेका हिरा खत्रीलाई १ हजार ६ सय २० मत अन्तरले पराजित गरी नगर प्रमुख निर्वाचित भएका हुन।

खरेलले १२ हजार ९४३ मत पाउँदा खत्रीले ११ हजार ३ सय २३ मत पाए। खरेलसंग पराजित भएका नेपाली कांग्रेसका जिल्ला सचिव समेत रहेका खत्री २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईलाई पराजित गरी नगर प्रमुख निर्वाचित भएका थिए। त्यसैगरी नगर उपप्रमुखमा नेकपा एमालेकै बिद्यालक्ष्मी गुरुङ निर्वाचित भएकी छन्। २०७४ सालमा उपप्रमुख निर्वाचित गुरुङले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी सुन्दरी गिरीलाई ६४९४मतान्तरले पराजित गरेकी छन्।

४८ हजार २ सय ९१ मत खसेको देवदहमा गुरुङले १३ हजार ७ सय ८४ मत पाउदा गिरीले ७ हजार दुई सय ९० मत पाईन।

प्रकाशित मिति : ४ जेष्ठ २०७९ बुधबार ००:००  ४ : २९ बजे