७ असार २०८३, आइतबार | Sun Jun 21 2026

पार्टीभित्रैका व्यक्तिको अन्तर्घातका कारण पार्टीको स्थान खस्कियो : ओली



काठमाण्डौ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैका व्यक्तिको अन्तर्घातका कारण पार्टी दोस्रो स्थानमा झरेको दाबी गर्नुभएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा आज बुधवार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पालिका चुनावमा पार्टी हार्नुको कारण अरू नभइ अन्तर्घात नै भएको बताउनुभएको हो ।

यसअघि अरू पार्टीमा हुने गरेको अन्तर्घातको डरलाग्दो समस्या यस पटक एमालेमा देखिएको भन्दै ओलीले यस्ता गलत कर्म गर्नेहरूलाई कडा कारबाही गर्ने चेतावनी पनि दिनुभएको बैठकमा सहभागी एक सांसदले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९ बुधबार ००:००  ६ : ०३ बजे