८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

विपद्‌बाट देशभर १७ लाख मानिस प्रभावित हुनसक्ने बिज्ञहरुको अनुमान



काठमाडौं ।

मौसमविद्हरूले यो वर्ष औसतभन्दा धेरै वर्षा हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। जल तथा मौसम विज्ञान विभागले यो वर्ष सरदरभन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ।

यसै वर्षको मनसुनजन्य विपद्‌बाट देशभर १७ लाख मानिस प्रभावित हुनसक्ने विज्ञहरूले बताइरहेका छन्। यो वर्ष नेपालमा १ हप्ताअघि नै पूर्वी भेगबाट मनसुन भित्रिएको छ। जसकारण मौसमविज्ञ, सांसद, सरोकारवाला निकायले सरकारको यस बारेमा पूर्वतयारीका लागि ध्यानाकर्षण गराइरहेका छन्।

यो वर्ष प्रदेश १ को हिमाली भूभाग बाहेकका स्थान र काठमाडौँबाट पश्चिमका क्षेत्रमा अत्यधिक वर्षा हुने मौसमविद्हरूको आँकलन छ। त्यस्तै प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले यो वर्षको मनसुनमा विपद् व्यवस्थापन र पूर्वतयारीको काममा अहिलेदेखि नै ध्यान पुर्‍याउन सरकारलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : २६ जेष्ठ २०७९ बिहिबार ००:००  ४ : ३० बजे