२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

आफ्नो क्षेत्रमा बजेट नदिएको भन्दै मन्त्री श्रेष्ठमाथि हातपात



काठमाडौँ ।
सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि हातपात भएको छ। मन्त्री श्रेष्ठमाथि सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा जनता समाजवादी पार्टी (जसपा) का सांसद रामबाबु यादवले हातपात गरेका हुन्। मन्त्री श्रेष्ठ पनि जसपाबाटै मन्त्री भएका हुन्।

‘पहिले सामान्य छलफल चलिरहेको थियो, उहाँ (यादव) एक्कासी जंगिँदै मेरो निर्वाचन क्षेत्रमा किन बजेट नहालेको भन्दै मन्त्रीज्यूमाथि नै हातपात गर्न थाल्नुभयो,’ मन्त्रालय स्रोतले भन्यो, ‘हातपात नै हुन थालेपछि मन्त्रीज्यूको पीएसओले सांसदज्यूलाई धकेलेर ढोकातिर पुर्‍याए।’

मन्त्री श्रेष्ठका स्वकीय सचिव सुरज महर्जन भने हातपात नभएको तर, चर्काचर्की भने भएको बताउँछन्।

प्रकाशित मिति : २६ जेष्ठ २०७९ बिहिबार ००:००  ६ : ५२ बजे