२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

नवलपुरमा करेन्ट लागेर एकजनाको मृत्यु



नवलपरासी ।

पूर्वी नवलपरासीमा करेन्ट लागेर सोमबार एकजनाको ज्यान गएको छ। नवलपुरको हुप्सेकोट गाउँपालिका– ४ मा करेन्ट लागेर वडा नम्बर ३ का ६६ वर्षीय कोषबहादुर मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिजुलीको पोलमुनि रहेको तारमा छोइँदा मल्ललाई करेन्ट लागेको हो। मृतकको शव अहिले घटनास्थलमै रहेको छ। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि लैजाने तयारी गरिरहेको छ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९ सोमबार ००:००  १ : २७ बजे