८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

चालक अनुमति पत्रमा वर्ग थपका लागि आवेदन खुल्यो



काठमाडौँ ।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि पनि आवेदन खुलाएको छ।

विभागले गएराति ९ बजेदेखि वर्ग थपको लागि समेत अनलाइन प्रणालीमार्फत आवेदन खुलाएको हो। यस अघि विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलाएको थियो।

विभागअन्तर्गत सूचना प्रविधि शाखाका इन्जिनियर सन्तोष पोखरेलले एक सूचना जारी गर्दै वर्ग थप गर्न समेत अनलाइन आवेदन दिन सकिने जानकारी दिएका हुन्। आवेदन भर्नका लागी विभागको वेबसाइट मा लगइन गरी थप जानकारी लिन सकिने छ ।

सूचना

प्रकाशित मिति : ३१ जेष्ठ २०७९ मंगलबार ००:००  ८ : ३६ बजे