७ असार २०८३, आइतबार | Sun Jun 21 2026

प्रतिबन्धित करिब चार लाख अवैध भारतीय नगद सहित युवक पक्राउ



काठमाडौं ।

प्रतिबन्धित भारतीय मुद्रासहित नेपाली युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। बिहीबार नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट भारतको दिल्ली जान लागेका यात्रु तनहुँको व्यास नगरपालिका १२ का रन्जन पाण्डे ३ लाख ९३ हजार ६५० भारतीय रुपैंयासहित पक्राउ परेका हुन्।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार पाण्डेले लिई आएको ह्याण्ड ब्‍यागलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकजाँच गर्ने क्रममा नेपालमा प्रतिबन्धित गरिएको भारतीय रुपैयाँ फेला परेको हो।

पक्राउ परेका पाण्डेलाई बरामद रकमसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७९ शुक्रबार ००:००  ३ : ३६ बजे