२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

जन्मदिनमा सन्चारकर्मी आचार्यको गरिन असहाय विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग



जितपुर ।

महङ्गो पार्टि प्यालेस र होटलमा जन्मदिन मनाउने लहर चलिरहेको बेला कपिलवस्तु बाणगङ्गा की सन्चारकर्मी सिर्जना आचर्यले भने केहि फरक तरिका बाट आफ्नो जन्मदिन मनाउनु भएको छ ।

बाणगंगाको बिभिन्न सन्चार माध्यममा कार्यरत रहेकी आचार्यले बाणगङ्गा ५ झण्डामा रहेको श्री माध्यमिक विद्यालय झण्डाका असहाय तथा अति विपन्न सात जना विद्यार्थी लाइ झोला, कापि, पेन लगायतका शैक्षिक सामाग्री वितरण गर्दै आफ्नो २३ औँ जन्मदिन मनाउनु भएको हो ।

आफुले बालविकास देखी कक्षा १२ सम्म अध्ययन गरेको विद्यालयका विपन्न विद्यार्थी सगँ आएर जन्मदिन मनाउन पाएकोमा खुसी ब्याक्त गर्दै आगामी दिनमा पनि आफुले सक्दो सहयोग गर्ने बताउनु भएको छ ।

विद्यालयका शिक्षक, विद्यार्थी लगायत केही सिमित ब्याक्तिको उपस्थितीमा सामान्य रूपमा गरीएको कार्यक्रममा बोल्दै विद्यालयकी प्रधानाध्यापक कृष्णा श्रेष्ठ टन्डनले यसरी जन्मदिन मनाउनुले आफु लाई समेत केही गर्नु पर्छ भन्ने भाव भित्री मनदेखी नै आएको बताउनु भएको थियो ।

फेसबुकमा र होटलमा अत्याधिक धेरै पैसा खर्च गरेर जन्मदिन मनाउन भन्दा यसरी मनाएको जन्मदिनले मन सन्तुष्ट हुने उहाँले बताउनु भएको थियो ।

प्रकाशित मिति : ६ असार २०७९ सोमबार ००:००  ५ : २३ बजे