२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

फोरजी सेवा विस्तारका क्रममा करेन्ट लागेर टेलिकमका कर्मचारीको मृत्यु



बझाङ ।

बझाङमा फोरजी सेवा विस्तारका क्रममा करेन्ट लागेर नेपाल टेलिकमका कर्मचारीको मृत्यु भएको छ।

काठमाडौं घर भएका ४० वर्षीय सुमन विक्रम शाह शुक्रबार वित्थडचिर गाउँपालिकाको धरान बजारमा फाइबर विस्तार गर्ने क्रममा करेन्ट लागेर घाईते भएका थिए।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि बैतडीको खोडपो पुर्‍याइएको थियो।

त्यहाँबाट थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १८ असार २०७९ शनिबार ००:००  १२ : १७ बजे