७ असार २०८३, आइतबार | Sun Jun 21 2026

रुपन्देहीमा ४२ क्युफिट सालको गोलिया बरामद



बुटवल ।

रुपन्देहीमा अबैध ४२ क्युफिट सालका गोलिया बरामद भएको छ । जिल्लाको कञ्चन गाउँपालिका–५ को पिपरीचापा स्थित डाडालाइनका बिभिन्न ४ स्थानमा लुकाई छिपाई राखेको अवस्थामा करिब ४२ क्युफिट सालका गोलिया बरामद भएको हो ।

अबैध रुपमा सालको काठ लुकाई राखेको छ भन्ने रुद्रपुर सामुदायिक वन उपभोक्ता समूहलाई सूचना आएपछि ईलाका प्रहरी कार्यालय, रुद्रपुर र रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहका पदाधिकारीहरुको संयुक्त सक्रियतामा उक्त काठ बरामद गरी रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहलाई बुझाइएको छ ।

आइतवार दिउँसो करिब ३ बजेको समयमा पिपरीचापाको डाडालाइनको बिभिन्न स्थानहरुमा सालका गोलिया लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, रुद्रपुरको सुरक्षा गस्ती टोलीले गस्ती गर्ने क्रममा उक्त संख्याको अवैध सालको गोलिया बरामद भएको ईलाका प्रहरी कार्यालय, रुद्रपुरले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९ सोमबार ००:००  १२ : ३२ बजे