१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

स्पेन, रुस र डेनमार्कमा राजदूत नियुक्त



काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी छन् ।

स्पेनमा शर्मिला पराजुली ढकाल, रुसी महासंघमा मिलनराज तुलाधर र डेनमार्कमा प्रा डा रामस्वार्थ रायलाई राजदूत नियुक्त भएका हुन् ।

मन्त्रिपरिषदले राजदूतमा सिफारिस गरेपछि उनीहरुको नाम संसदीय सुनुवाइ समितिले सुनुवाइपछि नियुक्तिका लागि अनुमोदन गरेको थियो ।

त्यस्तै भारतका लागि नेपाली राजदूत डा शंकरप्रसाद शर्मा भुटानका लागि गैर आवासीय राजदूतमा नियुक्त भएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७९ मंगलबार ००:००  १२ : ५५ बजे