रुपन्देही ।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बाईपासबाट स्रोत नखुलेको ६ लाख ५० हजार भारतीय रूपैयाँ १० लाख ४० हजार रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत घर भएका ५० वर्षीय बुद्दिराम बरु रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
इलाक प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि राजश्वज अनुसन्धान कार्यालय वुटवल पठाइएको छ ।







प्रतिक्रिया