१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

नेपाल समाजवादी पार्टी खुल्यो, चुनाव चिह्न आँखा



काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा) बाट हटाइएका डा. बाबुराम भट्टराईले नयाँ दल गठनको प्रक्रिया अगाडि बढाएका छन् । उनले दीपक लामिछाने नेतृत्वको समावेशी लोकतान्त्रिक पार्टीको नाम फेर्न लगाएर नेपाल समाजवादी पार्टी बनाएर प्रक्रिया अगाडि बढाएका हुन् ।

बिहीबार समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तनका लागि निर्वाचन आयोगमा परेको निवेदन स्वीकृत भएर नयाँ नामलाई स्वीकृत गरिएको छ ।

नयाँ नाम नेपाल समाजवादी राखिएको छ । तर, भट्टराई अहिलेसम्म उक्त पार्टीमा गइसकेका छैनन् ।

नेपाल समाजवादीले‍ चुनाव चिह्न आँखा पाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९ शुक्रबार ००:००  ८ : २० बजे